Logo
१३ बैशाख २०८१, बिहीबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, एक गम्भिर घाइते

बाग्मती प्रदेश स्थित काठमाडौंको क‌लंकीमा ट्रकले पार्किङ गरिराखेको मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनमा परी एक जना गम्भिर घाइते भएका छन् ।दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई बिहिबार बिहान ठक्कर दिँदा ३ को मृत्यु भएको हो ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेको डीएसपी बोहराले जानकारी दिए ।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्