Logo
१२ श्रावण २०८१, शनिबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

बिहीबारका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि सारिएको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको छ।

शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए।

कांग्रेसले १४ औं महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकेको हो। असोजदेखि बस्न लागेको केन्द्रीय समिति बैठक सुरूमा केही केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि रोकिएको थियो।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेका १६ बुँदे असहमतिबारे छलफल गरेर नेताहरूबीच सैद्धान्तिक सहमति भए पनि सहमतिका बुँदा सार्वजनिक भएका छैनन्।

अब बस्ने केन्द्रीय समितिमा यसबारे छलफल हुने नेताहरूले बताएका छन्।

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्