Logo
१२ श्रावण २०८१, शनिबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला गरिदिएको छ। राष्ट्रिय सभामा गौतमको नियुक्तिलाई रोक्न दायर भएको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नहुने फैसला गरेको हो। सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर मुद्दामा अन्तरिम आदेश नहुने फैसला गरेसँगै उनलाई मन्त्री बन्ने बाटो खुला गरेको छ।

यसअघि सर्वोच्च अदालतले उनको नियुक्तिलाई यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए। मुद्दाको असोज १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो।

सुरुमा योग्यताको विवाद संवैधानिक इजलासमा पठाइएको थियो। सर्वोच्चले गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो। बुधवार सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको हो। अब उनले राष्ट्रिय सभा सदस्यले गर्ने सम्पूर्ण काम तथा जिम्मेवारी पूरा गर्न पाउने छन्।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्