Logo
१४ मंसिर २०७७, आईतबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई ८ लाख सहयोग

ग्लोबल आइएमई बैंकले टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी दिए ।

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्