Logo
१२ श्रावण २०८१, शनिबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासका आयोजना निरीक्षणका लागि संखुवासभाको किमाथांका पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली विकासका आयोजना निरीक्षणका लागि संखुवासभाको उत्तरी छिमेकी चीनसँगको सीमावर्ती क्षेत्र किमाथांका पुगेका छन् ।

सीमासुरक्षा, कोसी करिडोर र अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री ओली आज किमाथांका गएका हुन् ।

उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत पनि चीनसँगको सीमा जोडिएको क्षेत्रमा गएका हुन् ।

उनले अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने र किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रमसमेत रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

भ्रमण दलमा संखुवासभाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ पनि छन् ।

पहिलोपटक बहालवाला प्रधानमन्त्री किमाथांकामा पुगेको र सो क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओलीको भ्रमण महत्त्वपूर्ण रहेको बताइएको छ ।

बुधबार बिहान संखुवासभा गएका प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्