Logo
७ बैशाख २०८१, शुक्रबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहार विधानसभा चुनावमा फेरि एनडीए गठबन्धनलाई पूर्ण बहुमत

बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीको एनडीए गठबन्धनले १२५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ ।

बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ ।यस्तै उनीहरूसँग निक्कै प्रतिष्पर्धामा रहेको लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट पाएको छ ।

२ सय ४३ सिटको विधानसभामा बीजेपीको ७४, जेडीयूको ४३, हिन्दुस्थानी अवाम मोर्चाको ४ र विकासशील इसान पार्टीको ४ गरेर एनडीए गठबन्धनले १ सय २५ सिट जितेको हो ।

महागठबन्धनतर्फ भने राष्ट्रिय जनता दलको ७५, कांग्रेसको १९, सीपीएमएलको १२, सीपीएमको २ र सीपीआइको २ गरी तेजस्वी यादववाला महागठबन्धनको १ सय १० सिटमा जित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चुनावको नतिजापछि नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बिहारका जनताप्रति आधार व्यक्त गरेका छन् । बिहारका जनताको आशिर्वादबाट एकपटक फेरि लोकतन्त्रको जित भएको उनले उल्लेख गरेका छन् ।

यो जनादेशलाई आत्मनिर्भर बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘यो नयाँ दशक बिहारको हुने छ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुने छ ।’

मोदीले अगाडि लेखेका छन्, ‘आज बिहारले फेरि दुनियाँलाई लोकतन्त्रको पाठ पढाएको छ । लोकतन्त्र कसरी मजबुत बनाउने भनेर देखाएको छ । बिहारका गरिब, बन्चित र महिलाहरुले पनि ऐतिहासिक मतदान गरे र विकासका लागि आफ्नो निर्णायक फैसला पनि सुनाए ।’

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्