Logo
१२ बैशाख २०८१, बुधबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगले खुलायो निजामती सेवातर्फ प्राविधिक पदका लागि झन्डै तीनसय आवेदन

लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा झन्डै ३ सय पदका लागि आवेदन मागेको छ ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्