Logo
१२ बैशाख २०८१, बुधबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङ देउखुरीमा ट्रकले ठक्कर दिदाँ तीन जनाको घटनास्थलमै मृत्यु

लुम्बिनी प्रदेश स्थित दाङ देउखुरीको राप्ती गाउँपालिकाको मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

दाङ देउखुरीको राप्ती गाउँपालिकाको वडा नं.४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती गाउँपालिका-५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका-२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका-८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

शवलाई लमही अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्