Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र भारतबीचको कूटनीतिक संवादहिनता तत्कालका लागि अन्त्य हुने

नेपाल र भारतबीचको कूटनीतिक संवादहिनता तत्कालका लागि अन्त्य हुने भएको छ ।

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, भारतीय `रअ´का प्रमुख सामन्तकुमार गोयल आएकाे लामो समय नबित्दै फेरि भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नोभेम्बर महिनामा नेपालमा आउन लागेको परराष्ट्र स्रोत बताउँछ ।

नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मुलुक पनि हो । अधिकांशले नेपाली भाषी विदेश सचिवले नेपालबाट नै छिमेक यात्रा सुरु गर्लान भन्‍ने थियो । तर, उनी अन्य मुलुकको भ्रमण गरेको लामो समयपछि मात्र नेपाल आउन लागेका हुन् ।

तर, जम्मु-काश्मीरबारे भारतको निर्णयसँगै जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत अफ्नो तर्फ राखेपछि संवादहिनता निम्तिएको थियो । एक वर्षपछि त्यसको अन्त्य हुने संकेत देखिएको हो । यद्यपी त्यो विषय कसरी सल्टिने भन्‍ने विषय अझै स्पष्ट छैन् ।

नेपालले पटक-पटक दुईपक्षीय बैठकको लागि पहल गरेपनि भारतले यसलाई अस्विकार गर्दै आएको थियो । पछि सुरक्षा र खुविया एजेन्सीका प्रतिनिधीहरू नेपाल आएर राजनीतिक भेटघाट गरेका थिए ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्