Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ११४८ पुग्यो

सांकेतिक तस्विर

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनदिनै बढीरहेको अवस्थामा आज थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्युहुने मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १५ लाख ६४ हजार २१४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्