Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप २ हजार ७३६ जनामा कोरोना पुष्टि, ८५३ डिस्चार्ज

नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म १ लाख ६० हजार ५७७ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्