Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले कोरोना विरुद्धको खोप ल्याउन सचिव स्तरीय समिति गठन गर्ने

कोरोना भाइरस विरुद्धको खोप ल्याउन सरकारले ३ सदस्यीय सचिव स्तरीय समिति गठन गर्ने बारे छलफल भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वमा क्लिनिकल ट्रायलमा रहेका खोपमध्ये सफल र प्रभावकारी खोप ल्याउनबारेमा प्रस्तावमाथि छलफल भएको हो ।

‘खोप आपूर्तिका लागि अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति बनाउने बारेको प्रस्ताव माथि छलफल भएको छ’, प्रशासन स्रोतले भन्यो, प्रस्तावमाथि छलफल चाहिँ भएको हो, निर्णय प्रमाणीकरण नै भइहालेको छैन ।’

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्