Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताका छन् ।

धनगढीमा आज आयोजित ‘कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले कोभिड-१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले जनप्रतिनिधिले कोभिड-१९ महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताए ।

उनले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले विभिन्न महामारीसँग जुध्न सबैको सकारात्मक भूमिका आवश्यक हुने बताउँदै कोरोनाबाट सजग हुन स्वास्थ्य मापदण्ड अपनाउन जनसमक्ष आग्रह गरे ।

कोभिड-१९ सम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्