Logo
१४ मंसिर २०७७, आईतबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिर र हेरुकाको अभिनय रहेको ‘कान्छिला जवानी’ गीतको भिडियो सार्वजनिक

गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा ‘कान्छिला जवानी’(रोशी स्योङला तिर २) बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन भने जेम्स जिम्बाले र्याप कम्पोज गरेका हुन ।

गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी र निर्देशन, मनोज कार्कीले सम्पादन र कलर गरेका हुन ।

भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा लामा, सुजता तामाङको अभिनय रहेको छ भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङ गेस्ट आर्टिस्टको रुपमा अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्