Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सहमत नभएपछि प्रचण्ड-नेपाल समूहले बोलाए आज ४ बजे सचिवालय बैठक

नेकपा अध्यक्ष ओली सहमत नभएपछि अर्का अध्यक्ष प्रचण्ड- नेपाल समूहले पार्टी मुख्यालय धुम्बाराहीमा औपचारिक सचिवालय बैठक आज दिउसो ४ बजे बस्दैँ छन्।

तीन दिन कुर्दा पनि ओली औपचारिक बैठकका लागि तयार नभएपछि प्रचण्ड-नेपाल समूहले आफैले औपचारिक बैठकका लागि समय निर्धारण गरेको हो।

प्रधानमन्त्री नेकपा एवं अध्यक्ष केपी शर्मा ओली सहमत हुन नसकेपछि असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मगंलबार दिउँसो चार बजे पार्टी मुख्यालयमा औपचारिक सचिवालय बैठकका लागि समय तोकेका हुन्।

यसअघि ओलीले प्रचण्डलाई सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि धुम्बाराहीमा प्रचण्ड-नेपाल समूहको अनौपचारिकरुपमा सचिवालय बैठक बसेको थियो।

उक्त बैठकबारे सचिवालयका ९ जना सदस्यहरुलाई जानकारी गराए पनि ओली पक्षका तीन जना सदस्यहरु अनुपस्थित भएका थिए।

त्यसको भोलीपल्ट शनिबार प्रचण्ड(नेपाल समूहले बालुवाटार पुगेर ओलीलाई बैठकका लागि सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएको थियो।

तर ओलीले त्यसैदिन आफू पनि कार्यकारी अध्यक्ष भएको र गुटीय बैठकले गरेको निर्णय र अनुरोधका आधारमा केन्द्रीय सचिवालय बैठकको मिती नतोक्ने अडान सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए।

त्यसयता पनि ओली बैठकका लागि सहमत हुने अपेक्षासहित प्रचण्ड(नेपाल समूहले प्रतिक्षा गरेपनि त्यसमा ओली तयार हुने सम्भावना कम देखेपछि आज धुम्बाराहीमा बैठक बोलाएको हो।

विवाद चर्किँदै गएकाले पार्टी एकता बचाउने गरी निर्णय लिनुपर्ने बाध्यता आफूहरु रहेको यो समूहका सदस्यहरुले बताउँदै आएका छन्।

खासगरी प्रचण्ड आफ्नो अपमान हुनेगरी बोल्न थालेको र पार्टी स्थायी कमिटी निर्णय उल्लंघन गरेकाले उनकाविरुद्ध चाल्ने कदममा संवेदनशील रहेको बुझिन्छ।

ओली र प्रचण्ड-समूह पार्टी एकतालाई संकटमा पारेको आरोपप्रत्यारोपमा उत्रिरहेका छन्। राजदूत नियुक्ति प्रकरणबाट नेकपमा उत्पन्न विवाद हाल आएर पार्टीको कार्यकारी अध्यक्ष को हो भन्नेसम्ममा पुगेको छ।

ओलीले एकलौटी ढंगबाट काम गर्न थालेपछि प्रचण्ड-नेपाल समूह असन्तुष्ट बन्दै गएको हो।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्