Logo
११ श्रावण २०८१, शुक्रबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी फाइजर कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी

अमेरिकी फाइजर कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको  दाबी गरेको छ ।

अमेरिकी कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप नोभेम्बर अन्त्यसम्म अनुमोदनको लागि पेश गरिने जनाएको छ ।खोप अनुमोदनका लागि नोभेम्बरको अन्त्यसम्म सम्बन्धित निकायमा पेश गरिने फाइजरका अध्यक्ष डा.अल्बर्ट बोर्लाले बताए ।

विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको फाइजरले जनाएको छ ।जसअनुसार दोश्रो डोज लगाएको ७ दिनपछि गरिएको परिक्षणमा यो खोपले भाइरसबाट ९० प्रतिशत सुरक्षा दिएको पाइएको फाइजरले जनाएको छ ।

जर्मन कम्पनी बायोएन टेकसंगको सहकार्यमा फाइजरले बनाएको कोरोनाबिरुद्धको खोपको परिक्षण अन्तर्गत अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका, र टर्कीका संक्रमितहरुलाई तीन साताको फरकमा २ डोज लगाईएको थियो ।

अध्यक्ष बोर्लाले आगामी डिसेम्बरसम्ममा ५ करोड डोज आपूर्ति गर्ने दाबी गर्दै सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३० करोड डोज आपूर्ति गर्ने जनाएको छ । एजेन्सी

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्