Logo
११ श्रावण २०८१, शुक्रबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट सम्पूर्णमा आपसी एकता र सदभाव वृद्धि होस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्दै शुभकामना कामना व्यक्त गरेका छन् ।

साथै महागुरू फाल्गुनन्द प्रति ट्वीटरमार्फत् उच्च सम्मान प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्वीट गर्दै शुभकामना दिएका हुन् ।

महागुरू फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्