Logo
६ जेष्ठ २०८१, आईतबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नेपाल भ्रमणमा आउँदै

भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् ।नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि नोभेम्बर अन्तिम साता नेपाल आउने स्रोतको दाबी छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उनी नोभेम्बर २६ देखि २७ मा नेपाल आउने छन् ।उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् ।

हिन्दुस्तान टाइम्सका अनुसार उनी नोभेम्बर २६ देखि २७ मा नेपाल आउने छन् ।भारतीय समाचार माध्यमले जनाए अनुसार श्रृंगलाको भ्रमणका क्रममा एक भन्दा धेरै एजेन्डामाथि छलफल हुनेछ ।

स्रोतका अनुसार श्रृंगलाको भ्रमणका क्रममा सीमा विवाद, विगत लामो समयदेखि पञ्चेश्वर परियोजनालगायतका विषयमा छलफल हुने सम्भावना छ ।

भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ ।

यकिन मिति केही दिनमा नै सार्वजनिक हुने स्रोतको दाबी छ ।विदेश सचिवको जिम्मेवारी सम्हालेपछि उनले अन्य छिमेकी मुलुकको भ्रमण गरेपनि नेपालको गरेका छैनन् ।

छिमेकी मुलुकको भ्रमणकै सिलसिलामा श्रृंगला आइतबारदेखि छिमेकी मुलुक माल्दिभ्सको भ्रमणमा छन् ।नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, सुस्ता लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने यकिन छैन ।

दुई देशको बिचमा सन् २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएको थियो तर सीमा केन्द्रित एउटा बैठक पनि बसेको छैन ।

यद्यपि सो भ्रमणको समयमा अन्य द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुने छ । सो छलफलले नेपाल-भारत संयुक्त आयोगको बैठकका लागि आधार तयार पार्ने अधिकारीहरुको भनाइ छ ।

दुवै देशका परराष्ट्र सचिवले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्को महिना गर्ने तयारी भइरहेको छ । सो आयोगले समग्र द्विपक्षीय विषयहरुमा गहन छलफल गरी समाधानका लागि कर्मचारीतन्त्रलाई निर्देशन दिनेछ ।

सो आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने छ । यसपटक आयोगको बैठक नयाँ दिल्लीमा हुने कार्यक्रम छ ।त्यसैगरी दुई देशको बिचमा सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखिएका सीमा सम्बन्धी प्राविधिक समस्याहरु समाधन गर्न गठन गरिएको बाउन्ड्री वर्किङ गु्रप बैठकको तयारीसमेत अगाडि बढाइएको छ ।

सो बैठकका लागि नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेपनि भारत तयार भएको थिएन तर पछिल्लो समयमा सो बैठकका लागि भारत सकारात्मक देखिएको छ ।

 

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्