Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारी अस्पतालमा गरिएको कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

यस अघिको सरकारको निर्णयमाथि चौतर्फी विरोध भएपछि सरकारले आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सरकारी अस्पतालमा गरिएको कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सो बैठकले गरिब तथा विपन्न बाहेकले कोरोनाको परीक्षण तथा उपचार खर्च आफै बेहोर्नु पर्ने यसअघिको आफ्ना निर्णय सच्याएको हो ।

अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ र सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुनेछ ।

गएको अशोज १५ मा सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन पनि खारेज भएपछि सरकार निर्णय सच्याउन बाध्य भएको हो ।

मन्त्रीपरिषद बैठकले कोरोना भाइरसविरुद्धको खोप बने लगत्तै नेपालमा ल्याउने पहलका लागि अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटि समेत बनाउने निर्णय गरेको छ ।

यस्तै पुस्तक आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क पनि हटाउने निर्णय सरकारले गरेको छ।

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्