Logo
१२ श्रावण २०८१, शनिबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले बोलाए विवाद समाधान कार्यदलका सदस्यहरूलाई बालुवाटार

पछिल्लो समयमा नेकपा देखिएको विवाद समाधान लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार बोलाएका छन् ।

पछिल्लो विवादबारे छलफलका लागि समय मागेका कार्यदलका सदस्यहरूलाई आज दिउसो ११ बजेका लागि बालुवाटार बोलावट भएको हो ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे , भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल नेतृत्वको कार्यदल गठन गरेको थियो।

सोही कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टी विवाद तत्कालका लागि मत्थर भएको थियो।कार्यदलको प्रतिवेदन अनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका थप गरी ‍पार्टी सञ्चालन गर्ने निर्णय स्थायी कमिटीबाट पारित गरेर संकट तत्कालका लागि समाधान भएको थियो।

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्