Logo
२४ असार २०८२, मंगलबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाड‌ौं उपत्यकामा आज १५३३ जना कोरोना संक्रमित थपिए

आज काठमाड‌ौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्।

आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

२४ घण्टामा देशभर २ हजार ८१७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा २१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुने संख्या ११०८ पुगेको छ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्