Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानको अवकाशसँगै विद्युत प्राधिकरण हाक्ने जिम्मा हितेन्द्रदेवलाई दिर्दै सरकार

कुलमान घिसिङले अवकाश पाएसँगै खाली भएको विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने गरी सरकारले तयारी अघि बढाएको छ ।

गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री बर्षमान पुनले शाक्यलाइ काजमा फिर्ता गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

शाक्यलाइ काजमा प्राधिकरणमा फर्काएर उनलाई नै मुख्य जिम्मेवारी दिने निर्णय भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । शाक्य एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा ३ वर्षअघि गएका थिए ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै उनलाई काजमा पठाएका थिए । एनइए इन्जिनियरिङ कम्पनी प्राधिकरणको भगिनी निकाय हो ।

शाक्यलाई काजमा फिर्ता बोलाएर प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी दिइने बुझिएको छ । हाल प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले सम्हालेका छन् ।

प्राधिकरणको उपकार्यकारी निर्देशकहरुमध्ये शाक्य सवैभन्दा सिनियर हुन् । प्राधिकरणको सिनियर उपकार्यकारीमध्येबाट नै जिम्मेवारी तोक्न सक्ने प्राधिकरण एक कर्मचारीले बताए ।

यसअघि एनइए इन्जिनियरिङ कम्पनीमा जिम्मेवारी भएकै बेला उनलाई प्राधिकरणको मुख्य जिम्मेवारी दिन मिल्दैनथ्यो । शाक्यलाई आईतबार नै काज फिर्ताको पत्र दिने र कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने तयारी रहेको मन्त्रालयका एक अधिकारीले बताए । शाक्य प्राधिकरणभित्रका अब्बल इन्जिनियरहरू मध्येमा पर्छन् ।

गत भदौ २९ गते ४ वर्षको कार्यकाल पूरा गरी कुलमान घिसिङ बाहिरिए प्राधिकरण निमित्तको भरमा चलिरहेको थियो ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्