Logo
२४ असार २०८२, मंगलबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले डाकेपछि माधव नेपालसहितका तीन नेता बालुवाटारमा पुगे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, उनी निकट भीम रावल र रघुजी पन्तलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

ओलीले नेपालको समूहसँग अहिले छलफल गरिरहेको बालुवाटार स्रोतले बतायो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाद चुलिएका बेला ओलीले नेपालको समूहलाई बोलाएका हुन्। बालुवाटार बैठकमा सुरेन्द्र पाण्डे पनि सहभागी छन्।

अध्यक्ष प्रचण्डलाई अलग्ग्याउने प्रधानमन्त्री ओलीको रणनीतिअनुरुप माधव नेपालसहित उनको टिमलाई बालुवाटार बोलाइएको हो।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्