Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई भोलिसम्म सचिवालय बैठक बोलाउन हामीले अल्टिमेटम दिएका छौं : नेता खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई भोलिसम्म सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको जानकारी दिएका  छन् ।

भोलिसम्मपनि अध्यक्ष ओलीले बैठक नबोलाए आफूहरुले विधि र प्रक्रियाअनुसार अघि बढ्ने खनालले चेतावनी दिएका छन् ।

सचिवालयका ५ जना नेताहरु अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजोमात्रै ओलीसँग बालुवाटार पुगी भेटवार्ता गरेका थिए ।

उनीहरुले सचिवालय र स्थायी कमिटी बैठक बोलाउनको लागि लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले आफू बैठक विरोधी नभएको भएपनि तत्काल बैठक बोलाउनुपर्ने आवश्यकत्ता नरहेको जवाफ दिएका थिए ।

खनालले भने,”हामीले हिजो भेटेरै ओलीजीलाई तत्काल बैठक बोलाउन भनेका छौं, हामीले त भोलिसम्मको अल्टिमेटम दिएका छौं । यदि उहाँले भोलिसम्म पनि बैठक बोलाउनु भएन भने हामी विधि र प्रक्रियाअनुसार निर्णय लिन्छौं । सचिवालयका बहुमत सदस्यहरुले तत्काल बैठक बोलाउन माग गरेपनि उहाँले बहुमतको निर्णय मान्नुपर्छ ।”

नेकपाभित्र यतिवेला अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले पार्टीका निर्णयहरु एकपछि अर्को गरेर कार्यान्वयन नगरेको, र विधि र प्रक्रियापनि कुल्चिएको दाहाल पक्षको आरोप छ ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्