Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसांसद एवं तत्कालीन एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन

पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ ।

२०३३ सालमा नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।

लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्