Logo
११ श्रावण २०८१, शुक्रबार
(November 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १ हजार ५१२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा गएको २४ घण्टा भित्रमा १ हजार ५१२ कोरोना संक्रमित थपिएका छन।

काठमाडौंमा १ हजार २९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्।

काठमाडौंमा ११५७०, ललितपुरमा १८०३ र भक्तपुरमा १७५० जना संक्रमित होम आइसोलेसनमा छन्।यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर २ हजार ७ ५३ जनामा कोरोना संक्रकित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: Nov 7, 2020

प्रतिक्रिया दिनुहोस्