Logo
१० असार २०८२, मंगलबार
(November 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा जारी

नेकपाका बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बसिरहेको छ ।

जारी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

नेकपा अध्यक्ष पुष्षकमल दाहालले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।

हिजोको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको थियो । पछिल्लो समयमा नेकपाभित्र आन्तरीक विवादले उच्चविन्दु लिएको संकेत देख्न सकिन्छ ।

बिहिबार ओलीसँग दाहालले भेट गरेपछि हिजो सचिवालय बैठक बोलाएका थिए । तर ओली पक्षधर कोही पनि बैठकमा उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति: Nov 7, 2020

प्रतिक्रिया दिनुहोस्