Logo
७ बैशाख २०८१, शुक्रबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ मा कार्तिक २३ गतेबाट सार्वजनिक यातायात अनिश्चितकालीन बन्द हुने

प्रदेश नम्बर १ मा कार्तिक २३ गते आइतबारबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने भएको छ ।

आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

कोरोनाका कारण लामो समयको बन्दाबन्दीमा सबै क्षेत्रका ब्यबसायीहरुलाई प्रदेश सरकारले सम्बोधन गरेपनि १ नम्बर प्रदेशका यातायात ब्यबसायीहरुलाई भने बेवास्ता गरेको आरोप यातायात व्यवसायीहरले लगाएका छन् ।

इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण यातायात नचलेपछि बैंकको व्याज र कर्मचारीलाई तलव समेत खुवाउन समस्या परेको बताएका छन् ।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्