Logo
१२ श्रावण २०८१, शनिबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीको कुनै एक समूहलाई साथ दिनु राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन : भीम रावल

नेकपाका नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपतिले खेलिरहेको भूमिकाको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो आलोचना गरेका हुन् ।

नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहेको समाचार आइरहेको छ र नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्

नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहेको समाचार आइरहेको छ, ’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्