Logo
११ श्रावण २०८१, शुक्रबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४३० जना निको भए

पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १८५९७४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुने संक्रमितको संख्या ३४३० रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १४८४०८ पुगेको छ।

हाल मुलुकमा ३६५१४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा १३०६८ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।

हालसम्म नेपालमा १५०७१९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्