Logo
१२ श्रावण २०८१, शनिबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख ६४ हजार नाघे

file photo

छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार ९६२ रहेको छ ।

मन्त्रालयले हालसम्म कोरोना संक्रमितमध्ये ७७ लाख ११ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाएको छ ।भारतमा हालसम्म कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ३१५ जनाको मृत्यु भएको छ जसमा पछिल्लो २४ घण्टामा थप ७०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर ११ करोड ४२ लाखभन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ ।भारतमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको दर ९२ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्