Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता आमिर खानकी छोरी इरामाथि शारीरिक शोषण भएको खुलाशा

बलिउड अभिनेता आमिर खानकी छोरी इराले आफूमाथी शारीरिक शोषण भएको खुलाशा गरेकी छन् ।

अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शारीरिक शोषण भएको बताएकी छिन् ।

इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला ती व्यक्तिले के गरेको आफुलाई थाहा थिएन् ।’ उनले भनेकी छिन् , एक वर्षसम्म त उनलाई सम्झनै मात्र लाग्यो ।

१ वर्षपछि मात्र उनले माता पितालाई भनिन् । भिडियोमार्फत यी सब आफैले कसरी हुन दिए भनेर पछि आफैसँग रिस उठेको पनि इराले बताइन् ।

यस भिडियोमा इराले उनका जीवनमा भएका राम्रा र नराम्रा घटनाहरु बताएकी छिन् । उनले कुराको सिलसिलामा कुनै पल रोएको र कुन कुराले आफु धेरै मजबुद भएको पनि उल्लेख गरेकी छिन् ।

उनले माता पिताको सम्बन्ध विच्देछबारे पनि कुरा गरेकी छिन् ।केही दिन अगाडी इराले आफु डिप्रेशनमा गएको आफै खुलाशा गरेकी थिइन्, ४ वर्ष अगाडी डिप्रेशनमा गएको भिडियो मार्फत नै सार्वजनिक गरेकी थिइन् ।

उनको उपचार हाल पनि चलिरहेको छ । आफु डिप्रेशनमा किन गए भनेर इराले अझै पनि थाहा पाउँन सकेकी छैनन् । एजेन्सी

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्