Logo
१२ श्रावण २०८१, शनिबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार दिउँसो १ बजे पदाधिकारी बैठक बस्‍न लागेको जानकारी दिएका छन् ।
पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ ।

कांग्रेसले शुक्रबारदेखि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदे विरोधपत्रमा छलफल गरेर शुक्रबार बस्‍ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरु तय गरिने बताइएको छ ।

कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न भोली केन्द्रीय समिति बैठक बोलाएको छ ।केन्द्रीय समिति बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक बोलाए का हुन् ।

क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ ।

महाधिवेशन नजिकिएका बेला सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरेको दावी गर्दै पौडेल पक्षले ती विभाग खारेज गर्न उनीहरूले माग गरेका छन् ।

तर देउवा पक्षले भने विभाग गठन विधानविपरीत नभएको दावी गर्दै आएको छ । यसअघि गत सोमबार बसेको केही केन्द्रीय सदस्यसहित बसेको पदाधिकारी बैठकबिना निष्कर्ष टुंगिएको थियो ।

मंगलबार फेरि बस्‍न भनिएको पदाधकिारी बैठक भने प्रतिनिधिसभा सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा स्थगित भएको थियो ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्