Logo
११ श्रावण २०८१, शुक्रबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको कार्यक्रम रहेको छ ।

नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे हिजो नेपाल आएका हुन् ।नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी नेपाल आएका हुन् ।नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने छन् ।

भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्