Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीलाई समायोजन गर्दा बढुवा गर्न प्राविधिक सञ्जाल नेपालको माग

प्रदेश र स्थानिय तहको रिक्त दरवन्दीमा निजामति सेवा ऐन २०४९ अनुसार कर्मचारीलाई समायोजन गर्दा बढुवा गर्न प्राविधिक सञ्जाल नेपालले मांग गरिएको छ ।

कर्मचारी समायोजनका क्रममा स्वीकृत भएको दरवन्दी अनुसार प्रदेश र स्थानिय तहको रिक्त दरवन्दीको आधारमा हालको निजामति सेवा ऐन २०४९ मा भएको व्यवस्था अनुसार कुल रिक्त पदको खुल्ला पदपुर्ति हुने सिट प्रदेशवाट नै पदपुर्ति हुने गरि समायोजित निजामति कर्मचारीको हकमा बढुवा प्रकृया बाट पदपुर्ति हुने सिटमा संघिय लोक सेवा आयोगबाटै बढुवा प्रकृयाबाट पदपुर्तिको आवश्यक व्यवस्थाको लागी माग गरिएको हो ।

संयोजक रामप्रसाद मेहताले जारी गरेको विज्ञप्तीमा संघिय निजामति सेवा ऐनको अभावमा प्रदेश र स्थानिय तहले आ आफनो तहको ऐन बनाउन सकिरहेको छैन भने पदपुर्ति गर्न समेत कठिन भईरहेको अवस्थामा केहि प्रदेशले पदपुर्तिको लागी तयारी भइरहेको जनाउँदै प्रविधिक सञ्जाल नेपालले प्रदेश र स्थानिय तहमा धेरै संख्यामा कर्मचारीको दरवन्दी रिक्त रहेको बताएको छ ।

यस्तो अवस्थामा सेवा प्रवाहमा समेत कठिनाई भइरहेकोले रिक्त दरवन्दीको अबिलम्व पदपुर्तिको लागी समेत प्रविधिक नेपालले मांग गरेको छ ।

संघको रिक्त दरवन्दीमा पदपुर्ति व्यवस्था गर्दा हालको निजामति सेवा ऐन २०४९ अनुसार कर्मचारी बढुवा सम्वन्धी भएको व्यवस्था अनुसारको बढुवा हुने प्रकृया समेत जारी नै रहेपनि प्रदेश र स्थानिय तहमा पदपुर्ति रोकिदा बढुवा प्रकृया समेत अबरुद्ध भएको जनाइएको छ ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्