Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १८२९२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुने संक्रमितको संख्या ३८४४ रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १४४९७८ पुगेको छ।

हाल मुलुकमा ३६९११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ३०१३१ जना होम आइसोलेसन र ६७८० संस्थागगत आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार आज १३१४४ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा १४९४१२२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हाल १३०५ जना क्वारेन्टिनमा रहेका छन् भने ३७९ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा रहेका छन्। 

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्