Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले अहिले राजीनामा दिनु भनेको देश बर्बादीतिर जानु हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आज नमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै आफूले पदबाट अहिले राजीनामा नदिने बताएका छन्।

आज मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको भन्दै राजीनामा नदिने बताएका हुन् ।

उनले भने, ‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पर्यो, तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?’

उनले अहिले आफूले राजीनामा दिन नमिल्ने बताए । उनले भने, ‘मैले अहिले राजीनामा दिन मिल्छ ? अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’

उनले जनताकको आवश्यकताले आफू प्रधानमन्त्री भएको बताउँदै व्यापक जनसमर्थनबाट यो ठाउँमा आइपुगेको बताए ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्