Logo
४ बैशाख २०८१, मंगलबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीका दुई प्रहरीको हत्यामा संलग्न भएको आरोपमा व्यापारी राजीव गुप्ता पक्राउ

सुदूरपश्चिम प्रदेश स्थित कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग संलग्न भएको आरोपमा व्यापारी राजीव गुप्तालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजीव गुप्ताको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान केराउ गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गत कात्तिक १ गते राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरिएको थियो ।

दुवै जनाको शव हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट केराउ तस्करी गर्ने समूहले दुवै प्रहरीको हत्या गरेको खुलेको थियो ।

हत्यामा संलग्न भएका ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एक जना अझै फरार रहेका छन् ।

 

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्