Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

 पछिल्लो समयमा कोरोना भाइरसको प्रकोपबाट दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गइरहेको अवस्थामा नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

सुनसरी,गुल्मी, चितवन जिल्लामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी-६ सुनसरीकी ९ वर्षीया बालिका र धरान-१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।

श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको पनि आजै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यता चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा राप्ती नगरपालिका-१० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वाशमा समस्या भएपछि कात्तिक १५ गतेदेखि उनको आइसीयुमा उपचार गर्ने क्रममा आज मृत्यु भएको हो । गुल्मीको गुल्मीदरबार गाउँपालिका-६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्