Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प फेरि राष्ट्रपति बन्दै : फ्लोरिडामा पनि ट्रम्प विजयी, व्हाइट हाउस बाहिर विरोध प्रदर्शन

पपुलर भोट सहित ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बन्ने भएका छन् । यद्यपी, मतगणना भने जारी रहेको छ । अमेरिकाले आफ्नो नयाँ राष्ट्रपतिका लागि गरेका मतदानको परिणाम सार्वजनिक भइरहेको छ ।

इलेक्ट्रोल मतको गणना जारी रहेको छ । जसमा डेमोक्र्याट उम्मेदवार जो बिडेन रिपब्लिकन पार्टीका उम्मेद्वार र राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वबीचमा प्रतिष्पर्धा देखिएका छन् ।

नतिजालाई हेर्दा ट्रम्प फेरि राष्ट्रपति बन्ने करिब करिब पक्कापक्की देखिएको छ । व्हाइट हाउसको सुरक्षा कडा गरिएको छ। धेरै व्यक्ति ह्वाइट हाउसको बाहिर उपस्थित छन्।

फ्लोरिडा र ओहायोमा जस्को जीत हुन्छ उनै राष्ट्रपति बन्ने गरेका छन् । र यो दुवै राज्यमा ट्रम्प जितेका देखिएका छन् ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्