Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Republic TV का प्रधान सम्पादक अर्णब गोस्वामी पक्राउ, आत्महत्या उत्पिडनको आरोप

भारत स्थित महाराष्ट्र पुलिसले पत्रकार अर्णव गोस्वामीलाई पक्राउ गरेको छ । ५३ वर्षीय एक जना इंटीरियर डिजाइनरको आत्महत्या उत्पिडन मामिलामा बुधवार मुम्बई पुलिसले उनलाई पक्राउ गरेको छ।

यो २०१८ को मामिला हो । मुम्बई पुलिसले अर्नबको घरमा खान तलासी पनि गरेका छन् । अर्णवलाई अलिबागको अदालतमा पेश गरिएको छ ।

सम्पादक गोस्वामी रिपब्लिक टिभि र रिपब्लिक भारत नामक २ ओटा च्यानलका प्रधान सम्पादक हुन् । पत्रकार गोस्वामी र महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेबीच पछिल्लो लामो समयदेखि द्धन्द्ध चलिरहेको छ ।

त्यसैगरी महाराष्ट्र प्रहरीका प्रमुखसँग पनि पत्रकार गोस्वामीको आन्तरिक द्धन्द्ध चलिरहेको छ । रिपब्लिक टिभिले भने बन्द भइसकेको केसमा अर्नबलाई फेरि गिरफ्तार गरेको दाबी गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या प्रकरणमा प्रहरीले अर्नब गोस्वामीलाई पक्राउ गरेको हो।

मुम्बई प्रहरीले गोस्वामीलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइए पनि रिपब्किक टिभिले बन्द भइसकेको उक्त केस फेरि खोलिएको दाबी गरेको हो।

यद्यपि प्रहरीले यसबारे आधिकारिक रुपमा केही नबताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अर्नबको गिरफ्तारी प्रकरण एक एक मराठी इन्टीरियर डिजानइर अन्वय नाइकको कथित आत्महत्यासँग जोडिएको बताइएको छ।

२०१८ को मे महिनामा कथित आत्महत्या भन्दा पहिले उनले लेखेको एक पत्रमा अर्नब गोस्वामीले रिपब्लिक नेटवर्कको स्टूडियोको इन्टीरियर डिजाइन गराइसकेपछि भुक्तानी नदिएको आरोप लगाइएको छ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्