Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

पूर्वसभामुख एवं सांसद कृष्णबहादुर महराकी श्रीमतीको असामयिक निधन भएकोमा प्रधानमन्त्रीले ट्वीटमार्फत श्रद्धाञ्जनली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ट्वीटमार्फत दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

सीता महराको कोरोना संक्रमणका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

उनले ट्वीटरमा भनेका छन्,‘ प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्