Logo
१२ श्रावण २०८१, शनिबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारको क्रममा निधन

पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको उपचारको क्रममा निधन भएको छ ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६.२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्