Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन कार्यक्रम सार्वजनिक

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, २०७७ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मङ्गलवार कार्य तालिका सार्वजनिक गर्दै कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म मतदानमा सहभागी हुने कर्मचारीको सरुवा वा काज सरुवा गर्न रोक लगाएको छ ।

‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३(२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०(१) बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवा÷काज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालय मन्त्रालयहरूलाई पठाएको पत्रमा भनिएको छ ।

असोज २४ गते हुने भनिएको निर्वाचन अन्तिम अवस्थामा सरकारले मङ्सिर २७ गतेलाई सार्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको थियो ।

असोज २४ गतेकै निर्वाचनका लागि सबै तयारी भई सकेकोले पनि मङ्सिर २७ गतेको निर्वाचन सहज हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सरकारले नै रोक्न चाहेको अवस्थामावाहेक अन्य कारणले निर्वाचन नहुने या स्थगित हुने अवस्था अव छैन ।

 

प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले मङ्सिर २७ गते शनिवारका दिन हुने निर्वाचनका लागि आफू तयारी अवस्थामा रहेको बताएका छन् । ‘मङ्सिर १० मा मतदाता नामावली प्रकाशन गर्नेछौँ’ पौडेलले भने, ‘२७ गते शनिवार ९ बजेदेखि ५ बजेसम्म मतदान कार्य हुनेछ ।’

 

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्