Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण विवादित बनेपछि भारतले जनायो प्रतिक्रिया

नेपालस्थित भारतीय दूतावासले बुधबारदेखि हुन लागेको भारतीय सेनाध्यक्ष एमएम नरवाणेको नेपाल भ्रमण दुई देशबीचको रक्षा साझेदारीलाई थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतीय दूतावासले सार्वजनिक सञ्चार माध्यममा आएका धेरै कुराहरुमा जवाफ दिँदै यस्तो बताएको हो।

‘जनरल एमएम नरवाणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई वृहत बनाउन थप संभावनाहरुको खोजी गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ।’

उनी नेपालको भ्रमणमा आउने विषयमा नेपालमा सामाजिक सञ्जाल र सञ्चार माध्यमले प्रश्न उठाइरहेका छन्। नरवाणेले केही समयअघि नेपालको कालापानी र लिपुलेकबारे विवादित अभिव्यक्ति दिएका थिए। त्यसको नेपालमा ठूलो आलोचना भएको थियो ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्