Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु

file photo

पछिल्लो समयमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा मोरङ, सुनसरी, बागलुङ, उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन् ।

विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा आज दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा विराटनगर ११ का ४९ वर्षीय पुरुष र धरान १५ का ६३ वर्षीय पुरुषको मृत्यु रहेका छन् ।

त्यस्तै धौलागिरी अस्पताल बागलुङमा उपचाररत बाग्लुङ नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गत कात्तिक १२ गते गम्भीर बिरामी भएपछि अस्पताल भर्ना भएको ६६ बर्षिय पुरुष सुगर थाईराड तथा प्रेसरको विरामी थिए ।

त्यस्तै उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षिय एक पुरुषका आज विहान विराटनगर स्थित कोसी अस्पतालमा मृत्यु हो ।

केही दिन अघिदेखि ज्वरो खोकीबाट बिरामी भएका उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरीएको थियो ।त्यस्तै पर्साको धोविनी गाउँपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्