Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैज्ञानिकले गरे खोकी सुनेरै कोरोना भाइरस पत्ता लगाउने उपकरणको अविष्कार

अहिलेको बर्तमान समयमा विश्वको चुनौतिको विषय कोरोना भाइरसको महामाही हो । योे रोग अझै फैलिनेक्रम जारी छ यसबाट बच्नका लागि बैज्ञानिक उपायखोज्न लागि परेका छन् तर अहिलेसम्म भनेजस्तो उपलब्धी हासिल गर्न सकेका छैनन् ।

तर पनि अझै प्रयास जारी रहेको छ सो एमआईटीका अनुसन्धानकर्ताले खोकी सुनेरै कोरोना संक्रमण भए वा नभएको पत्ता लागउने उपकरणको अविष्कार भएको छ ।

एमआईटीका अनुसन्धानकर्ताहरूले यस्तो आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को विकास गरेका हुन् । यसले कुनै पनि लक्षण देखिएको वा नदेखिएका सङ्क्रमितको खोकी सुनेर पत्ता लगाउन सक्छ।

यसरी विकास भएको एउटा न्यूरल नेटवर्कले भोकल स्ट्रेन्थ र साउन्डलाई डिटेक्ट गर्छ भने अर्को न्यूरल नेटवर्कले भावनात्मक प्रभावलाई रिफ्लेक्ट गर्छ। यो प्रविधि न्यूरल नेटवर्कबाट कोरोना भाइरसको सूक्ष्म प्रभावलाई छुट्याउनका लागि विकास गरिएको हो।

त्यस्तै अर्को नेटवर्कले श्वासप्रश्वासको अवस्थामाथि निगरानी राख्छ। त्यस्तै यो नेटवर्कमा समावेश एल्गोरिद्मले मांसपेशीको जाँच गरेर कसैको स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी प्रदान गर्छ। यो एआई परीक्षणको क्रममा एकदमै सही देखिएको छ।

अनुसन्धानकर्ताहरूको टोलीले १० हजार मानिसको खोकी र डाइलग स्याम्पलमा परीक्षण गरेका थिए। र, ९८.५ प्रतिशत मानिसको खोकी परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पोजिटिभ आएको थियो।

र यसले कुनै पनि लक्षण नदेखिएका मानिसको हकमा पनि सतप्रतिशत सही नतिजा दिएको थियो।यसमा स्पष्ट सीमा छन्।

यो टेक्नोलोजी खासगरी लक्षण देखिएका मानिसको परीक्षण गर्नका लागि विकास गरिएको होइन। किनकी उनीहरूमा त्यस्तै लक्षण देखिने अन्य कारण पनि हुन सक्छन्।

यसले सही नतिजा दिने भएकाले यसलाई नै आफू सङ्क्रमित भएको र नभएको मापन गर्ने टुलको रूपमा प्रयोग गर्न सकिने छ।

यो साधारण मानिस आफैंले प्रयोग गर्नका लागि विकास गरिएको प्रविधि होइन।तर, वैज्ञानिकहरू एक ‘युजर फ्रेन्ड्ली’ एप पनि बनाइरहेका छन्। जुन एपलाई भाइरसको सङ्क्रमण मापन गर्ने टुलको रूपमा प्रयोग गर्न सकिने छ।

उक्त एपको प्रयोग गर्दा तपाईंले आफ्नो फोन नजिकमा गएर खोकेर आफू सुरक्षित भएको र नभएको पत्ता लगाउन सकिनेछ।

अनुसन्धानकर्ताहरूले यदि यो एपले ब्याकग्राउन्डमा भएका सबै ध्वनिहरूलाई सुनिरहने हो भने, यो एआई महामारीको अन्त्य गर्ने माध्यम बन्न सक्ने सुझाएका छन्।

तर, गोपनीयताको कुरा उठाउने हो भने त्यो ‘यदि’मा मात्रै सीमित पनि रहन सक्ने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्