Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने

नेकपा भित्र पार्टी विभाजनको कुराले यतिबेला नेकपाको राजनीतिमा तरगं फैलिरहेको अवस्थामा विभाजन रोक्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।

प्रचण्ड निकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार दुवै नेताले सहमति निकाल्न महत्वपूर्ण छलफल गर्ने सहमति गरेका छन् ।

दुई नेताबीच हिजो सोमबार टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने सहमति भएको हो । यसका लागि दुवैबीच टेलिफोन वार्ता भएको हो ।

पार्टीलाई कुनै हालतमा विभाजनबाट जोगाउन नेपाल सक्रिय भएसँगै वार्ताको वातावरण निर्माण भएको हो ।वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई भेटी ओलीसँग एकपटक वार्ता गर्न आग्रह गरेका थिए ।

प्रचण्डले पनि पार्टी विभाजन हुन नदिन अन्तिम समयसम्म पहल गर्ने निकटस्थसँगको छलफलमा भनेका छन् ।नेकपाभित्रको दोस्रो पुस्ताका नेताहरु पार्टी एकता बचाउन सार्वजनिक रुपमा अपिल गर्दै सक्रिय भएका छन् ।

सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेललगायतले पार्टी बचाउन अपिल गरिसेका छन् ।

प्रचण्ड र माधव नेपालनिकट दोस्रो पुस्ताका नेताहरु पनि पार्टी विभाजन रोक्न सक्रिय भएका छन् ।अहिले नेकपाभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् ।तर, संसदीय दलमा ओलीको बहुमत दाबी रहँदै आएको छ ।

यसअघि ओलीले प्रचण्डसँगको भेटमा अलग भएर जाने प्रस्ताव गरेको विषय बाहिर आएको थियो । यसलाई प्रचण्डले निकटस्थलाई डाकेर ब्रिफिङ गरेका थिए ।

 

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्