Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको नाममा अब संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने

अब उपरान्त नेपालको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने भएको छ ।

औपचारिक पत्राचार तथा सम्बोधनहरुमा अब उपरान्त नेपालको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र नलेखिने भएको हो ।

सत्ता भित्रैबाट संघीयता बोझिलो भएको आवाज आइरहेको तथा देशका विभिन्न स्थानमा राजसंस्था पुनर्स्थापनाका पक्षमा प्रदर्शन भएका बेला सरकारले औपचारिक सम्बोधनबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता ल्याउन भन्दै सो निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषदको अशोज ११ गतेको बैठकले गरेको निर्णय अनुसार नेपालको नाम प्रयोग गर्न भनेको हो ।

मन्त्रिपरिषद बैठकले विभिन्न कूटनीतिक नियोगलाई पनि नेपालको नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ प्रयोग भन्ने निर्णय गरेको हो ।

संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय मन्त्रीपरिषदले गरी सोही अनुसारको परिपत्र गरिएको हो।

 

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्