Logo
१२ श्रावण २०८१, शनिबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेकु अस्पतालले अब कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिने

कोरोना भाइरस संक्रमितको उपचारका लागि अब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले धरौटी नलिने भएको छ।

सोमबार अस्पतालले सूचना जारी गर्दै आइसियु र आइसोलेशनमा भर्ना हुने विरामीको शुल्क उपचार सम्बन्धी मन्त्रालयको निर्णय बमोजिम नै कोभिड-१९ संक्रमितको उपचार नै भैरहेको जनाएको हो।

यस्तै, शुल्क तिर्न सक्ने बिरामीको धरौटी रकम बुझाउन पर्ने मन्त्रालयद्वारा आइतबार निर्णय भएको प्रावधानलाई समेत सोमबारदेखि कार्यान्यवन नगर्न र नगराउन सबै वार्डलाई पत्राचार गरेको अस्पतालले जानाएको छ।

उक्त अस्पतालले भर्ना हुने विपन्न, ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त, एकल, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी समेतको उपचार निःशुल्क गर्दै आएको बताएको छ।

अस्पतालले यसअघि पनि धरौटी अभावमा कुनै पनि विरामीलाई सेवाबाट वञ्चित नगरेको जारी सूचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्